Logo

अर्थनीति

चिनियाँ लगानीको विपक्षमा कांग्रेस ? बूढीगण्डकीदेखि पश्चिमसेतीसम्ममा यस्तै नजिर


appharu
   १८ भाद्र २०७५, सोमबार


काठमाडौं । संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मुलुकमा एकपछि अर्को गरी चिनियाँ लगानीको विरुद्धमा देखिएको छ ।

बूढीगण्डकी जलाशययुक्त आयोजना विवादास्पद चिनियाँ कम्पनीलाई दिने पूववर्ती पुष्पकमल दाहालको निर्णय बदर गर्दै स्वदेशी लगानीमा बनाउने निर्णय गरेको कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिकामा हुँदा अहिले पश्चिम सेती पनि स्वदेशी लगानीमा बनाउनुपर्नेमा जोड दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पश्चिम सेती तामाकोशी मोडलमा बनाउनुपर्ने भन्दै आफ्नो धारणा सार्वजनिक गरिसकेका छन् । तामाकोशी नेपाली पुँजीमै बनाइएको सबैभन्दा ठूलो आयोजना हो । ३५ अर्ब प्रारम्भिक लागत अनुमान गरिएको यो आयोजनामा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकमलगायतले लगानी गरेका छन् भने स्थानीयसहित सर्वसाधारणमा सेयर जारी गरेर थप पुँजी जुटाइँदैछ ।

पश्चिमसेतीका सम्बन्धमा सरकार र चिनियाँ कम्पनीको वार्ता असफलतामा टुंगिएकै बेला कांग्रेस सभापति देउवाको ट्वीटले अर्को तरंग सिर्जना गरेको छ । कतिपयले यसअघि बूढीगण्डकीमा पनि चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेर स्वदेशी लगानीमा बनाउने निर्णय गरेका देउवाले पश्चिम सेतीमा पनि त्यस्तै धारणा राख्नुलाई संयोगका रुपमा मात्र लिन नहुने बताएका छन् ।

नेपालमा वाम गठबन्धन निर्माण गर्न र निर्वाचन जिताउनका लागि चीनका यस्तै विवादास्पद कम्पनीले अर्बौं खर्च गरेकाले पनि कांग्रेस चिनियाँ कम्पनीप्रति सकारात्मक छैन ।

अर्कोतर्फ नेपालमा लगानीदेखि निर्माणको ठेकेदारको रुपमा प्रवेश गरेका कुनै पनि चिनियाँ कम्पनीको काम सन्तोषजनक छैन ।
पौने २ खर्ब लागत अनुमान गरिएको पश्चिम सेती १७ वर्षसम्म स्मेक कम्पनीले अनुमतिपत्र लिएर निर्माण नगरेपछि खारेज खारेज गरिएको थियो भने ६ वर्षअघि बिनाप्रतिपस्र्धा चिनियाँ कम्पनीलाई दिइएको थियो ।

बूढीगण्डकी चीनलाई दिने सहमति आफैं गरेर पनि कार्यान्वयन गर्न नसकेका प्रधानमन्त्री केपी ओलीले चुनावअघिको सरकारले गरेको निर्णय उल्ट्याउने घोषणा गरे पनि हालसम्म कार्यान्वयन भने गरेका छैनन् ।

बरु, यसअघि नेपालका ठूला आयोजनामा विदेशी लगानी ल्याउनुपर्ने धारणा राख्दै आएका देउवा पछिल्ला वर्षमा यूटर्न भएका छन् । कांग्रेसकी तत्कालीन नेतृ शैलजा आचार्य र देउवाबीच जलविद्युत आयोजनामा ठूला लगानीकर्ता ल्याउने कि नल्याउने भन्ने ठूलो विवादसँगै सार्वजनिक वाकयुद्ध चल्ने गरेको थियो ।

प्रकाशित : १८ भाद्र २०७५, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह