मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से १०.७८ अंकले घटेर २ हजार ९३६ विन्दूमा झरेको छ ।
आज बैंकिङ २२, होटल तथा पर्यटन ४२ र अन्य उपसमूह २९ अंकले बढेको छ भने विकास बैंक १३०, फाइनान्स ६९, जलविद्युत ३६, लगानी २, जीवन बीमा १९८, उत्पादन १८६, लघुवित्त ८९, निर्जीवन बीमा १७८ र व्यापार उपसमूह ८५ अंकले घटेको छ ।
आज सामलिङ पावरको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढेको छ ।
आज १ करोड ६० लाख कित्ता सेयर ८ अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया