Logo

बिजनेस होम

‘माई–पे’ बाट हवाई टिकट बुकिङ गर्दा एक हजारसम्म छुट


GDP नेपाल
   ५ माघ २०७८, बुधबार


डिजिटल भुक्तानी सेवा माई–पे ले आन्तरिक हवाई टिकट बुकिङ गर्दा छुट सुविधा योजना सार्वजनिक गरेको छ ।

यस सुविधा अन्तर्गत कम्पनीले नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई–पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १ हजार रुपैयाँसम्म नगद छुट प्रदान गर्ने भएको छ । हाल माई–पे वालेट मार्फत आन्तरिक हवाई टिकट बुकिङ गर्दा ३ हजार रुपैयाँसम्मको टिकट बुकिङ गर्दा ७ प्रतिशत र ३ हजार भन्दा माथिको टिकट बुकिङमा ५ प्रतिशत क्यासब्याक प्राप्त गर्न सकिन्छ । साथमा हरेक दिन माई–पे मार्फत टिकट बुकिङ गर्ने मध्ये भाग्यशाली ३ जनालाई अतिरिक्त १० प्रतिशत क्यासब्याक समेत प्रदान गरिने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो योजना सीमित अवधिका लागि मात्रै रहेको छ ।

कम्पनीको यस आयोजनामा भाग लिन प्लेस्टारेबाछ माई–पे वालेट डाउनलोड गरी कारोबार गर्न सकिनेछ । त्यस्तै, पहिलो प्रयोगकर्ताले पहिलो जुनसुकै बिल भुक्तानीमा २५ प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म क्यासब्याक पाउने सुविधा समेत रहेको कम्नपनीले बताएको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह