Logo

मुख्य समाचार

देशभर थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै ६ हजार ३४३ संक्रमित भेटिए


GDP नेपाल
   ५ माघ २०७८, बुधबार


पछिल्लो २४ घण्टामा देशभर थप ११ हजार तीन सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ८७ पिसीआर परीक्षणमा ९ हजार ५२ र ५ हजार ३३१ एन्टिजेन परीक्षणमा १ हजार ८५० गरी कुल ११ हजार ३ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज देशभरको औसत संक्रमणदर ५२.६ दर रहेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ६ सय १३ जना संक्रमण मुक्त भएका छन् भने थप चार संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार आज काठमाडौं उपत्यकामा मात्रै थप ६ हजार ३४३ जना संक्रमित भेटिएका छन् । भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल देशभर ४६ हजार ५१५ जना होम आइसोलेसनमा र एक हजार ४१४ जना संस्थागत आइसोलेसनमा छन्। तीमध्ये १६९ जना आईसीयूमा र २८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह