Logo

बिजनेस होम

रहेनन् लक्ष्मीदास मानन्धर, व्यवसायदेखि समाजसेवा र राजनीतिसम्म रिक्तता


GDP Nepal
   ७ माघ २०७८, शुक्रबार


काठमाडौं । व्यवसायी लक्ष्मीदास मानन्धरको ९३ वर्षको उमेरमा बिहीबार राजधानीमा निधन भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष मानन्धर वयोवृद्ध अवस्थामा समेत सक्रिय जीवनशैलीका कारण परिचित थिए ।

राजनीतिमा पनि संलग्न मानन्धर नेकपा एमालेका तर्फबाट २०५८ सालमा राष्ट्रियसभा सदस्य भएका थिए भने उनले एमाले निकट नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको नेतृत्वसमेत सम्हालेका थिए ।

पूर्व सांसद मञ्चको आजीवन सदस्य मानन्धर समाजसेवामा पनि उत्तिकै सक्रिय थिए ।

शान्ति शिक्षा मन्दिर माध्यमिक बिद्यालय सन्चालक समितिका अध्यक्षका रुपमा कार्यरत रहेका मानन्धर काठमाडौंको ठहिँटीमा वि. सं. १९८५ मा जन्मिएका हुन् ।

राणाविरोधी आन्दोलनबाटै राजनीतिसँग जोडिएका उनी आफ्ना बुबाको कपडा र खाद्यान्नको व्यापारबाटै व्यवसायमा संलग्न भएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनसँगै उनी राजनीतिमा निष्कृय थिए । यद्यपि उनले नेकपा एकीकृत समाजवादीतर्फ आफ्नो झुकाव रहेको बताउने गरेका थिए ।

प्रकाशित : ७ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह