Logo

बिजनेस होम

महालक्ष्मी विकास बैंकको नाफा बढ्यो, छ महिनामा ४५ करोड ६२ लाख


GDP Nepal
   ९ माघ २०७८, आइतबार


काठमाडौं । महालक्ष्मी विकास बैंकको नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले आइतबार प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ६ महिनामा बैंकको नाफा ३१.५५ प्रतिशतले वृद्धि भएको हो ।

विवरणअनुसार बैंकले ६ महिनामा ४५ करोड ६२ लाख नाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ ।

बैंकको खुद सञ्चालन मुनाफा पनि ४१ प्रतिशतले बढेको छ । यस अवधिमा खुद सञ्चालन मुनाफा ६८ करोड पुगेको जनाइएको छ । यस्तै, खराब कर्जा ४.७९ प्रतिशतले कमी आएर २.८९ प्रतिशतमा झरेको छ ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको बैंकले समग्र वित्तीय विवरणमा उल्लेख्य प्रगती गर्दै आगामी वर्ष पनि आकर्षक लांभाश दिनसक्ने देखिएको छ ।

महालक्ष्मीका हाल १०३ वटा शाखा छन् भने बैंकले ६ लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह