Logo

बिजनेस होम

मुखै रसाउने जुम्ली स्याउ आजदेखि काठमाडौंमा


appharu
   २० भाद्र २०७५, बुधबार


काठमाडौं । गतवर्ष केहि अघिनै काठमाडौंमा भित्रिएको जुम्लाको अर्गानिक स्याउ यो पटक बुधबारबाट बजारमा उपलब्ध हुँदै छ ।

विगत ६ वर्षयता स्थानिय क्रिसकको सक्रियतामा एप्पल गार्डेनको नामबाट जुम्लाको स्याउ सर्वसुलभ मुल्यमा उपभोक्ता माज पुग्दै आएको छ।

काठमाडौंमा पछिल्लो समय चाइनिज र भारतीय स्याउले बजार लिइरहेको समयमा केहिमात्रामा भएपनि नेपालको स्थानिय स्याउ राजधानी भित्रीएसँगै उपभोक्ताहरु नेपाली स्वादको स्याउ खान पाउने भएका छन् ।

भारतीय र चीनीयाहरुको स्याउहरु टिपेको लामो समयपछि काठमाडौं आइपुग्ने तथा औषधीको अत्याधिक प्रयोग भएपनि नेपाली उपभोक्तामा नेपालकै स्याउको यथेस्ट विकल्प नहुँदा विदेशी स्याउकोनै भर पर्नु पर्ने बाध्यता रहेको छ ।

यद्धपि स्याउका लागि निकै प्रशिद्ध मानिएको जुम्लामा उत्पादीत स्याउको मूल्य विदेशी स्याउको तुलनामा सर्वसुलभ रहेको छ । पछिल्लो समय जुम्लामा जिल्ला कृषि कार्यलयले अग्र्यानिक उत्पादनमा जोड दिएपछि बोटमानै पुर्ण रुपमा खान योग्न भएपछि मात्र टिप्न दिएका कारण क्रिशक हरुले चाँडो स्याउ नटिपेपछि थप स्वादीले बनेको स्थानिय क्रिसक दलबहादुर खड्काले जनाएका छन् ।

बाटो र गाडिको कठिनाईका कारण स्याउमा धेरै नाफा नहुने भएपनि आफ्नो उत्पादन बजार सम्म पुर्याउनु र निरन्तरता दिनु ठुलो कुरा भएको कृषक दिनेश खड्का बताउँछन् । उनलेनै जुम्लाबाट काठमाडौंमा स्याउ बेच्दै आएका छन् ।

पछिल्लो समय जुम्लामानै प्रतिकेजी ६० देखि ७० रुपैंया सम्ममा स्याउ विक्रि हुँदै आएको छ । काठमाडौं सम्म आइपुग्दा ठुलो मात्रामा खर्च उठ्ने भएपनि आफूहरु नाफाका लागि भन्दापनि जुम्ली स्याउको बजार प्रवर्द्धनका लागि स्याउ ल्याउने गरेको खड्काले बताए ‘हाम्रो उदेश्य नाफा कमाउने होइन् । स्याउमा नाफानै छैन् तर विगतका वर्षहरुमा स्याउ निरन्तर ल्याएको र यो पटक पनि धेरैको चाहाना स्वदेशी उत्पादीत स्याउनै खाने भएकाले धेरै संघर्ष गरेर स्याउ काठमाडौं ल्याइ पु¥याएका छौं ।’

उनले भने ‘यो पटक पनि बाटोको समस्या उस्तै छ । तर तुलनात्मक रुपमा कम पानि परेकाले बाटोमानै रोकिनु नपर्दा स्याउ समयमानै काठमाडौं आइपुगेको हो । पहिला २–३ दिन सम्म बाटोमानै फस्नु पथ्र्यो ।’ तर अहिले तुलनात्मक रुपमा सहज भएको छ ।’
उनले टिपेको २–३ दिनमानै स्याउ काठमाडौं भित्रिएकाले ताजा स्याउ आइपुग्दा आफु निकै उत्साही भएको बताए । उनले स्याउसँगै जुम्ली सिंवि, ओखर पनि उपलब्ध हुँदै आएको जनाए ।

उनले बानेश्वरस्थित अल इन वान मार्टबाट स्याउ विक्री गरिने जानकारी दिए । उपभोक्ताले सहज मुल्यमानै स्याउ खरीद गर्दै राष्ट्रिय उत्पादन र कृषकको मेहेनतलाई सहयो गर्ने खड्काले विश्वास लिए ।

प्रकाशित : २० भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह