Logo

मुख्य समाचार

बीमा समितिको कारवाहीमा पर्‍यो नेपाल लाइफ इन्स्योरेन्स, १० हजार जरिवाना


GDP नेपाल
   १४ माघ २०७८, शुक्रबार


नेपाल लाइफ इन्स्योरेन्स कारवाहीमा परेको छ । बीमा समितिले ऐन विपरित सहायक महाप्रबन्धकको नियुक्ति गरेको भन्दै नेपाल लाइफ इन्स्योरेन्सलाई कारवाही गरेको हो ।

इन्स्योरेन्सले केही दिनअघि मात्र अमितकुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्ति गरेको थियो । समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा ३१ को उपदफा (१) र (२) मा तोकिएको व्यवस्था बमोजिम नभएर कम्पनीले अनुभव नपुगेका कयाललाई सहायक महाप्रबन्धकमा नियुक्ति दिएको भन्दै समितिले इन्स्योरेन्सलाई १० हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका, २०७५ बमोजिमको योग्यता नभएको व्यक्तिलाई सहायक महाप्रवन्धकमा नियुक्त गरेको भन्ने उजूरी समितिमा प्राप्त भएपश्चात् त्यस सम्बन्धमा उक्त कम्पनीबाट आवश्यक प्रतिवेदन/विवरण झिकाई अध्ययन गर्दा सो कम्पनीले समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा तोकिएको व्यवस्था बमोजिमको अनुभव नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रवन्धक पदमा नियुक्त गरी समितिबाट जारी निर्देशिकाको जानाजान उल्लङ्घन गरेको बिमा समितीको ठहर छ ।

यसैगरी, बीमा समितिबाट जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १४ को उपदफा (९) मा भएको ‘एउटा समिति तथा उपसमितिमा संयोजक रहेको संचालक अर्को समिति वा उपसमितिमा संयोजक हुन पाउने छैन’ भन्ने व्यवस्था विपरित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न १४ वटा समिति/उपसमितिहरुमध्ये संचालक समितिका सदस्य कमलेश कुमार अग्रवाल ८ वटा र विमल ढकाल ३ वटा समिति/उपसमितिहरुमा संयोजक रही समितिबाट जारी निर्देशनको जानीजानी उल्लङ्घन गरेकोले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई दश हजार रुपिया जरीवाना गर्ने निर्णय भएको समितीले जनाएको छ ।

प्रकाशित : १४ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह