Logo

बिजनेस होम

न्यूरोडको महर्जन कम्प्लेक्समा ‘फोर नाइन बागलुङ ज्वेलर्स’को तेस्रो शाखा सञ्चालन


GDP नेपाल
   १६ माघ २०७८, आइतबार


फोर नाइन बागलुङ ज्वेलर्सले काठमाडौंको न्यूरोडमा तेस्रो नयाँ शाखा सञ्चालन गरेको छ । ‘शुद्धता हाम्रो प्रतिवद्धता’ भन्ने नारासहित फोर नाइन बागलुङ ज्वेलर्सले न्यूरोड स्थित व्यापारिक भवन महर्जन कम्प्लेक्सबाट आफ्नो सेवा सुरु गरेको हो ।

करीब १० वर्ष अघि बागलुङबाट ज्वेलरीको काम सुरु गरेको फोर नाइन ज्वेलर्सले चितवनको भरतपुरस्थित सिजी ल्याण्डमार्क र नारायणगढको मिलनरोड मार्फत आफ्ना सेवा दिँदै आएको छ । काठमाडौंका ग्राहलाई मध्यनजर गर्दै न्यूरोडमा तेस्रो शाखा संचालनमा ल्याइएको ज्वेलर्सका अध्यक्ष अमिर सुनारले जानकारी दिए।

‘बागलुङ ज्वेलर्सका ग्राहकहरु काठमाडौंमा पनि छन्। आफ्नो क्षेत्रका ग्राहकहरुको माग पुरा गर्ने, छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यसहित नयाँ शाखा विस्तार गरिएको हो’ उनले भने । उक्त पसल १० करोडको लगानीमा संचालनमा आएको सुनार बताउँछन्।

 

प्रकाशित : १६ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह