शुक्रबार जाल्पा सामुदायीक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँको आईपीओ निष्कान गर्ने भएको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।
लघुवित्तले ८ हजार कित्ता कम्पनीका कर्मचारी, २६ हजार १ सय कित्ता सामूहिक लगानी कोषका लागि र ४ लाख ८७ हजार ९०० कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने भएको छ । यसका लागि माघ २१ देखि २५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमाद फागुन ६ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीका अनुसार न्यूनतम १० देखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । आवेदनकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया