Logo

मुख्य समाचार

आयल निगमको कार्यकारी निर्देशकका लागि १७ जनाले दिए आवेदन, को-को ?


GDP नेपाल
   १७ माघ २०७८, सोमबार


नेपाल आयल निगमको कार्यकारी निर्देशकमा १७ जनाको आवेदन परेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले माघ १६ (आइतबार) सम्मका लागि आवेदन खुलाएको थियो । उक्त समयसम्ममा १७ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।

आवेदन दिनेहरुमा डा. चण्डिकाप्रसाद भट्ट, जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्रा.डा.लक्ष्मण पौडेल, लोकबहादुर खड्का, लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्रकुमार अर्याल र सन्जय कुमार रहेका छन् ।

आवेदकहरुमा उद्योग विभागका पूर्वमहानिर्देशकदेखि नागरिक उड्यान प्राधिकरणका बहालवाला अधिकारी, निगमका पूर्वकर्मचारी र विभिन्न पार्टी निकट व्यक्तिहरु रहेका छन् ।

प्रकाशित : १७ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह