Logo

बिजनेस होम

झा नियुक्तिको अपजसबाट बच्न मन्त्री विदेशमा, नियुक्तिभित्र १५ अर्बको चलखेल ?


appharu
   २१ भाद्र २०७५, बिहिबार


काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्षमा विवादास्पद नियुक्ति गरेको छ । प्राधिकरण अध्यक्षका लागि यसअघि आफैं अयोग्य भन्दै काममा रोक लगाइएका दिगम्बर झालाई मन्त्रिपरिषदको बिहीबारको बैठकले ४ वर्षका लागि झालाई नियुक्त गरेको छ ।

तर, झालाई नियुक्त गर्ने मन्त्रिपरिषद बैठकमा विभागीय मन्त्री गोकुल बाँस्कोटा भने थिएनन् । उनैको जोडबलमा झालाई पुनःनियुक्त गरिए पनि बाँस्कोटा हाल इथियोपियामा छन् । स्रोतका अनुसार झा नियुक्तिको अपजसबाट बच्न उनी कर्मचारी गए पनि हुने इथियोपियाको कार्यक्रममा गएका हुन् ।

यसअघि मन्त्रिपरिषद बैकठमा केही मन्त्रीले विवादास्पद झालाई पुनः नियक्ति गर्दा नराम्रो सन्देश जाने भन्दै रोकेका थिए । तर, प्रधानमन्त्री नै झालाई नियुक्ति गर्ने पक्षमा भएपछि ति मन्त्रीहरु बिहीबार चुप लागेका थिए ।

स्रोतका अनुसार झालाई पुनः नियुक्ति गर्नुको पछाडि दूरसञ्चार प्राधिकरण मातहत रहेका करिब १५ अर्ब बराबरका परियोजना नै मुख्य कारण हुन् । ग्रामीण दूरसञ्चार कोषको रकमबाट देशैभर अप्टिलक फाइबर बिच्छ्याउने र हरेक जिल्लामा अप्तिटकल ब्याकबोन बनाउने परियोजना संचालन हुँदैछ ।

यस्तै, पूर्वाधार साझेदार कम्पनीको लाइसेन्स वितरणमा पनि विभिन्न माफियाहरुको चलखेल सुरु भइसकेको छ ।
मन्त्री बाँस्कोटालाई यसका लागि झा नै उपयुक्त हुने भन्दै टेलिकम माफियाहरुले पुनः नियुक्त गर्न दवाव दिएका हुन् । यसका लागि सिधै नियुक्त गर्नुभन्दा संक्षिप्त प्रक्रिया पु¥याएर उनलाई नियुक्त गरिएको छ ।

प्रकाशित : २१ भाद्र २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह