Logo

मुख्य समाचार

‘सिमेन्ट उद्योगीमाथि लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्र हतोत्साही’


GDP नेपाल
   १७ माघ २०७८, सोमबार


नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले पछिल्लो समय सिमेन्ट उद्योगका लगानीकर्तामाथि लगाइएको भ्रष्टाचार मुद्दाले निजी क्षेत्रलाई हतोत्साही बनाएको जनाएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ वटा सिमेन्ट उद्योगीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेसँगै सोमबार एक संयुक्त विज्ञिप्तमा जारी गर्दै संघहरुले अख्तियारको सो कार्यप्रति आपत्ति जनाएका हुन् ।

कोभिड–१९ महामारीबाट विस्तारै तंग्रिन खोजिरहेको निजी क्षेत्रमाथि विभिन्न क्षेत्रबाट निरन्तर प्रहार भइरहेको जनाउँदै संघहरुले यस कार्यले नेपालमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रको विकास एवं विस्तारमा नकारात्मक प्रभाव पार्ने ठहर गर्दै चिन्ता व्यक्त गरेका छन् ।

 

प्रकाशित : १७ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह