Logo

बिजनेस होम

रियलमीका ३ उत्कृष्ट स्मार्टफोन सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता


GDP नेपाल
   १९ माघ २०७८, बुधबार


नेपाली बजारमा रियलमीले तीन वटा नयाँ फोन सार्वजनिक गरेको छ । विभिन्न मूल्य र विभिन्न सुविधासहित रियलमीले नयाँ फोन सार्वजनिक गरेको हो । रियलमीले नार्जो ५०आई, ९आई र जीटी नियो २ इन्ट्री बजारमा ल्याएको हो ।

यस्ता छन् फोनका विशेषता र मूल्य : 

नार्जो ५०आई – इन्ट्री लेभल

कम्पनीको पहिलो स्थानमा रहेको यो फोनमा राम्रा क्यामेराहरु छन्।यसले आकर्षक प्रदर्शन, ठूलो डिस्प्ले र थुप्रै सुविधाहरु उपलब्ध गराउँछ। फोनबाट प्रयोगकर्ताले चाहेअनुसारको फाइदा उठाउन सक्ने कम्पनीले जनाएको छ। १२ हजार ९९९ मा २जीबी र्याम र ३२ जीबी स्टोरेजसहित यो फोन किन्न सकिन्छ। यो फोन ४जीबी र्याम र ६३ जीबी स्टोरेजमा पनि उपलब्ध छ ।

र यसको ब्याट्रीले तपाईंलाई पूरा दिन साथ दिन्छ। तपाईंको जानकारीका लागि, यहाँ उल्लेख गरिएका सबै फोनहरुमा उत्कृष्ट ब्याट्री लाइफ रहेको छ ।

आफ्नो सेग्मेन्टमा अरु भन्दा फरक र आकर्षक डिजाइनले नै यस फोनलाई उत्कृष्ट सावित गर्दछ । डायगनर स्ट्राइप डिजाइन रहेको पछाडिको भाग सुन्दर देखिन्छ र यो फोन मिन्ट ग्रिन र कार्बन ब्ल्याक कलरमा पनि उपलब्ध छ ।

यो फोनले आफ्नो प्रदर्शनमा ध्यान दिने भएकाले तपाईंले पबजी जस्ता गेमहरु खेल्न नपाए पनि यसले तपाईंलाई अरु कार्यहरु गर्न सहजता प्रदान गर्दछ ।

रियलमी ९आई -मिडरेन्ज

गेम खेल्न, फोटोग्राफीमा आकर्षित व्यक्ति अथवा टिक टक बनाउन चाहनुहुन्छ भने यो फोन तपाईंको लागि उपयुक्त छ।

यो फोन भ्यालेन्टाइन्स डे अगाडि नै आउँदै छ र यसको मूल्य २६ हजार रुपैयाँको हाराहारी मै उपलब्ध हुनेछ। नार्जो ५०आई राम्रो फोन भए पनि मिडरेन्जसँग तुलना गर्न मिल्दैन। रियलमी ९आईमा आकर्षक डिस्प्ले, दु्रत रिफ्रेस रेट र फास्ट प्रोसेसर रहेको छ ।

यस स्मार्टफोनमा भरपर्दो ब्याट्री छ। रियलमी ९आईले फास्ट चार्जिङ पनि सपोर्ट गर्दछ। निल ब्याट्रीदेखि शतप्रतिशत ब्याट्री चार्ज हुन जम्मा १ घण्टा भए पुग्छ।

यसमा ५० मेगापिक्सेल एआई सेन्सरले दिउँसो अथवा राति पनि एचडि फोटोहरु खिच्छ। २एमपी डेप्थ सेन्सर र २एमपी म्याक्रो लेन्स पनि यस फोनमा उपलब्ध छ। फोटोग्राफी मनपराउनेहरु सबैलाई यस फोनले आकर्षक तस्विरहरु खिच्न मद्दत गर्दछ। यी आकर्षक सुविधा भए पनि हाम्रो लिस्टमा रहेको अर्को फोन अझ परिष्कृत छ ।


रियलमी जिटी नियो २

यो एक विशेष फोन हो । यस लिस्टको अन्तिम फोन साँच्चिकै आकर्षक फ्ल्यागसिप फोन हो। १२०हर्ज अमोलेड डिस्प्ले, ६५ वाटको फास्ट चार्जिङ र फास्ट प्रोसेसरसहितको यो फोन अरु महँगो फोनहरुसँग सजिलै प्रतिस्पर्धा गर्न सक्छ । यसमा ६०० हर्जसँगै एचडीआर१० सपोर्ट गर्ने अमोलेड डिस्प्लेको साथ तपाईंले यसको आकर्षक सुविधाहरुको फाइदा उठाउन सक्नुहुन्छ।

यस फोनको अर्को सुन्दर पक्ष भनेको यसको ब्याट्री हो । यसको ब्याट्री दिनभर चल्छ, ८ लेयरको चार्जिङ सुविधा उपलब्ध छ र जिरो ब्याट्री देखि १०० प्रतिशत ब्याट्री ३३ मिनेटमै चार्ज हुन्छ । जम्मा ५ मिनेट चार्ज गर्दा सुपरडार्ट चार्जिङको मद्दतले २० प्रतिशत ब्याट्री चार्ज हुन्छ।

यसमा रहेको स्नापड्रागन एन८७० सकयुक्त यस फोनले फाइभजी पनि सपोर्ट गर्छ। यसैगरी, ठूलो स्टेनलेस स्टिल भेपर चेम्बरले फोनलाई तात्नबाट जोगाउँछ ।

यस फोनमा अरु दुई विशेष सुविधाहरु छन् । पहिलो, जीटी नियो२ को डिजाइन आकर्षक छ। यो फोन नियो ग्रिन कलरमा उपलब्ध छ। अरु रंग विकल्पहरुमा र नियो ब्ल्याक र नियो ब्लु कलरमा पनि यो फोन पाइन्छ।

दोस्रो यसको क्यामेराहरु हो । प्रमुख सेन्सर ६४ एमपीको छ र यसको साथ वाइड एङगल लेन्स र म्यक्रो लेन्स हुन्छ।
यो फोन ८र/२८ जीबीको ५४ हजार १९९ रुपैयाँ र १२/२५६ जीबीको ६० हजार ९९९ रुपैयाँमा आउँछ।

प्रकाशित : १९ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह