Logo

बैंक / बिमा /शेयर

५६ प्रतिशतले बढ्यो जनरल इन्स्योरेन्सको नाफा


GDP नेपाल
   २४ माघ २०७८, सोमबार


जनरल इन्स्योरेन्स कम्पनी नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ६८ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको तुलनामा कम्पनीको नाफा ५६.२० प्रतिशतले वृद्धि भएको हो । यसै अवधिमा गत वर्ष कम्पनीले ३ करोड ६४ लाख १९ हजार रुपैयाँ मुनाफा कमाएको थियो ।

कम्पनीको बिमा कोषको आकार ९९.४७ प्रतिशतले बढेर १३ करोड ३ लाख ५७ हजार रुपैयाँ पुगेको छ । खुद बिमा शुल्क आर्जन १२.७५ प्रतिशतले बढेर १३ करोड ५० लाख ७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँ १० पैसाले बढेर ११ रुपैयाँ ३८ पैसा पुगेको छ ।

कम्पनीको प्रतिशेयर नेटवर्थ १२९ रुपैयाँ १८ पैसा छ ।

प्रकाशित : २४ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह