Logo

बिजनेस होम

आजको मौसम: सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा सम्भावना


gdpnepal
   १७ फाल्गुन २०८१, शनिबार


काठमाडौं । हाल देशभर पश्चिमी वायुका साथै पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसका कारण हाल देशका पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा चट्याङसहित वर्षा भइरहेको छ भने तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो पनि देशभर मौसम सामान्य बदली रहने छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका प्राय स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको सम्भावना पनि रहेको छ ।

आज राति देशका पहाडी भूभागमा बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा भने वर्षाको सम्भावना रहेको छ भने देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

 

प्रकाशित : १७ फाल्गुन २०८१, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह