Logo

कर्पोरेट-बजार

भृकुटीमण्डपमा नेपाल मेडिकल तथा ल्याब एक्स्पो सुरु


GDP नेपाल
   १६ फाल्गुन २०८१, शुक्रबार


काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा नेपाल मेडिकल तथा ल्याब एक्स्पो सुरु भएको छ। बिहिबारबाट सुरु भएको यो एक्स्पो शनिबारसम्म चल्ने छ ।

एसडी प्रोमो मिडियाले ईईपीसी भारत र केमसन नेपालसँगको सहकार्यमा स्वास्थ्य सेवा क्षेत्रमा आवश्यक पर्ने अत्याधुनिक उपकरण, प्रविधि तथा सेवाहरूलाई एकैथलोमा प्रदर्शन गर्ने मूल लक्ष्यका साथ यो एक्स्पोको आयोजना गरेको हो ।

एक्स्पोको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको मेडिकल सामग्री व्यवसायलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताए । उनले आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न रसायन तथा मेडिकल आपूर्ति व्यवसायीहरुको भूमिका महत्वपुर्ण हुने बताउँदै यस क्षेत्रमा रहेका समस्याहरु समाधानका लागि आफू सकारात्मक रहेको जनाए ।

यस्तै मेडिकल आपूर्ति संघ नेपाल केमसनका अध्यक्ष भक्तबहादुर हमालले एक्स्पोले नेपाली बजारको स्वास्थ्य क्षेत्रमा भएका नयाँ प्रविधिहरू ल्याउन स्वदेशी तथा विदेशी व्यवसायीहरूबीच सहकार्यको अवसर सिर्जना गर्ने बताए । उनले अझै पनि मेडिकल आपूर्ति क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो व्यक्त गर्दै यस एक्स्पोले नीति निर्माताहरूलाई समेत मेडिकल उपकरण आपूर्तिको वर्तमान अवस्थाबारे बुझ्न मद्दत मिल्ने बताए ।

‘औषधि ऐनमा मेडिकल सामग्रीहरुलाई समेत समावेश गरिनुपर्ने माग केमसनको छ। औषधि ऐन परिमार्जनका लागि तयार भएको विधेयक हाल स्थगित भएर स्वास्थ्य मन्त्रालयले औषधी  ऐन दर्ता गरेर कानुन मन्त्रालयमा पठाएको छ। यसका लागि हामीले हाम्रा प्रतिक्रिया पनि दिएका छौं, उक्त प्रतिक्रियामा औषधी ऐनमा भएको कमीकमजोरीहरुलाई समेत सुधार गरी हामीले प्रतिक्रिया दिइएका छौं, आशा छ आगामी ऐनमा मेडिकल सामग्रीहरुलाई समेत समावेश गरिन्छ’ उनले भने।


आठौं संस्करणको मेडिकल शोमा ३०० भन्दा बढी स्टल रहेका छन्। गत वर्षको मेडिकल शोमा ९ हजारभन्दा बढीले अवलोकन गरेकोमा योपटक १० हजारभन्दा बढी हुने अनुमान आयोजकको छ ।

प्रकाशित : १६ फाल्गुन २०८१, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह