Logo

कर्पोरेट-बजार

कर्ण शाक्यलाई लाइफ टाइम अवार्ड, लामिछाने र पौडेललाई लिडरसीप अवार्ड


gdpnepal
   १४ फाल्गुन २०८१, बुधबार


काठमाडौं । कर्पोरेट क्लबले ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ अन्तर्गत वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यलाई लाइफ टाइम एवार्ड प्रदान गरेको छ ।

मंगलबार ललितपुरमा आयोजित भव्य समारोहबीच पर्यटन व्यवसायी शाक्यलाई सो अवार्ड प्रदान गरिएको हो ।

कार्यक्रममा लिडरशिप मेल एवार्ड जिवा लामिछाने तथा लिडरशिप फिमेल एवार्ड उपासना पौडेललाई प्रदान गरिएको छ ।

क्लबले २० विधामा २२ जनालाई ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ प्रदान गरेको हो । मुलुकको आर्थिक र सामाजिक क्षेत्रमा योगदान पु¥याइरहेका व्यक्ति र संस्थालाई सम्मान गरिएको हो ।

सामाजिक तर्फको अवार्ड इन्दिरा सापकोटाले पाएकी छिन् । कर्पोरेट क्लबले संस्थागततर्फ भने नेपथ्य नेपाली ब्याण्ड, कालिका मानव विज्ञान सेकेन्डरी स्कुल बुटवल र गेटा आँखा अस्पताललाई प्रदान गरेको छ ।

मल्टिनेसनल कम्पनीतर्फ एनसेल, नेपाल एसबीआई बैंक, सोल्टी होटलले अवार्ड प्राप्त गरेका छन् ।

यस्तै, जीवन बीमातर्फ सिटिजन लाइफ इन्स्योरेन्स, निर्जीवन बीमातर्फ सगरमाथा लुम्बिनी इन्स्योरेन्स, म्यानुफ्याक्चरिङ कम्पनीतर्फ शिवम् सिमेन्ट, विकास बैंकतर्फ गरिमा विकास बैंक, डिस्ट्रिब्युसनतर्फ फूल प्रसाद र एसियन फर्मास्युटिकल्सले अवार्ड प्राप्त गरेका छन् ।

निर्माणतर्फ शर्मा एण्ड कम्पनी कन्स्ट्रक्सन, सूचना प्रविधितर्फ किम्बु टेक, एग्रिटेक बिजनेसतर्फ श्रीनगर एग्रिटेक कम्पनी, ग्रीन इन्टेटिभ कम्पनी तर्फ भेन्चरविन्स इनर्जी कम्पनी, एसएमइ कम्पनी तर्फ नित्या ट्रेडसनल कम्पनी र स्टार्टअफ कम्पनी तर्फ डेलिस टेक्स कम्पनीले अवार्ड पाएका छन् ।

एवार्ड फर कर्पोरेट एक्सलेन्सी र एवार्ड फर डिस्टिन्ग्युज्ड सर्भिस २०२४ को चौथो संस्करणअन्तर्गत आयोजित कर्पोरेट एवार्ड कार्यक्रमको उदघाट्न गृहमन्त्री रमेश लेखकले उदघाट्न गरेका हुन् ।

प्रकाशित : १४ फाल्गुन २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह