Logo

बिजनेस होम

खल्तीकाे नयाँ अफर : आइफोन १३ र रु १ मा फ्लाइट टिकट जिल्ने मौका


GDP नेपाल
   २५ माघ २०७८, मंगलबार


नेपालको लोकप्रिय अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले “उडान अब मात्र रू. १“अफर सार्वजनिक गरेको छ । यस अफरमा फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेताले आइफोन १३ को बम्पर उपहार जित्नेछन् । त्यस्तै, यसै अफर अन्तर्गत हरेक दिन एक जनालाई रू.१ मा फ्लाइट टिकट र ५ जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘खल्ती’ फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म भएको छ, जसमा रु.१२०० सम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न समेत सकिन्छ । यति मात्र नभएर अल्तीले विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरि तत्काल टिकट बुकिङ गर्न पनि सहजता प्रदान गर्दै आएको छ ।

कम्पनीका अनुसार यो अफर २३ माघ देखि फागुन ३०, २०२२ सम्म मान्य हुनेछ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी (KYC) भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्ने जनाइएको छ ।

यस अफरको बारेमा बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो । यस महामारीको समयमा यात्रुहरूको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो।”

नेपाली फिनटेक उद्योगमा ‘खल्ती’ ले एक फरक एवम् नविन पहिचान बनाउन सपल भएको छ । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको ‘खल्ती डिजिटल वालेट’ ले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६०,०००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आईरहेको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा ‘खल्ति’ले योगदान दिँदै आएको छ।

प्रकाशित : २५ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह