Logo

कर्पोरेट-बजार

अर्को बोइङ पनि बेच्दै निगम


appharu
   २१ चैत्र २०७४, बुधबार


जिडिपी नेपाल

काठमाडौं, २१ चैत ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमसँग भएको अमेरिकी कम्पनी बोइङको एकमात्र जहाज पनि अब लिलाम हुने भएको छ । निगमले २७ वर्षअघि खरिद गरेका २ वटा बोइङमध्ये अर्को जहाज हालै बिबी एयरवेज नामक कम्पनीलाई १४ करोडमा बिक्री गरिसकेको छ भने बाँकी रहेको अर्को जहाज बोइङ ७५७ पनि बिक्री गर्न लागेको हो ।

निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले यसको औपचारिक पुष्टि गरेका छन् । निगमले बोइङका जहाज प्रतिस्थापन गर्दै एयरवस कम्पनीका जहाज धमाधम खरिद गरिरहेको छ । बोइङ अमेरिकी कम्पनी हो भने एयरबस यूरोपका ४ मुलुकको लगानी रहेको कम्पनी हो ।

संसारभर बोइङ र एयरबसबीच तिब्र प्रतिस्पर्धा चलिरहेका बेला निगमको निर्णयसँगै नेपालमा एयरवस कम्पनीको एकछत्र राज चल्ने देखिएको छ । निजी कम्पनी हिमालय एयरलाइन्सले पनि एयरबसकै जहाज सञ्चालन गरिरहेको छ ।

निगमले भने आगामी डेढ वर्षभित्र बोइङसहित पुराना ४ जहाज बिक्री गर्दै आठवटा नयाँ विमान खरिद गर्ने भएको छ । कंसाकारले आगामी १८ महिनाभित्र आन्तरिक उडानका लागि छ भाइकिङ ट्विनअटर र अन्तर्राष्ट्रिय उडान गर्न दुई एयरबस न्यारोबडी ९ए३२०–२००० विमान खरिद गरिने जानकारी दिए।

नयाँ विमान थप्ने कार्यसँगै निगमसँग भएका सबै पुराना विमान आउँदो १८ महिनाभित्र प्रतिस्थापन गरिनेछ । हवाई सुरक्षालाई उच्च प्राथमिकता दिएर जुनसुकै मूल्य चुकाएर भए पनि सुरक्षाको मामलामा अन्तर्राष्ट्रियस्तरमा नै पु¥याउने कार्य प्रारम्भ गरिने महाप्रबन्धक कंसाकारको भनाइ छ ।

निगमका अनुसार आउने असारभित्र दुईवटा ‘वाइडबडी’ विमान ल्याएर लामो उडान रुटमा उडान गर्ने योजनामा रहेको राष्ट्रिय ध्वजावाहकले थप दुई ‘न्यारोबडी’ एयरबस जहाजबाट क्षेत्रीय उडान विस्तार गरिनेछ ।

पछिल्लो सयम सन् २०१५ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि एयरबस ए ३२०–२०० सिरिजका दुई विमान खरिद गरेको थियो । विमान थपेर गन्तव्य विस्तार गर्दै निगमलाई बढी नाफा कमाउनेतिर लैजाने योजना अघि सारेको छ ।

नयाँ वाइडबढी विमान आएपनि वार्षिक कम्तीमा पाँच अर्बको व्यापार बढ्ने निगमको दाबी छ । सन् २०१७ मा निमगले रु सात करोड ५० लाख नाफा कमाएको जनाएको छ । जहाज थप गरेपछि व्यवस्थापन र सुरक्षामा केन्द्रित हुने र त्यसका लागि विज्ञ परामर्शदाता नियुक्त गरिसकिएको छ । जहाज थपिएपछि बाहिरबाट जनशक्ति व्यवस्थापन गर्ने र हवाई सुरक्षाका लागि संसारकै नयाँ प्रविधि जडान गर्ने रणनीति निगमको योजनामा रहेको छ ।

निगमसँग हाल दुई एयरबस ए ३२०–२०० सिरिजका, एक बोइङ ७५७ विमान छन् । यी विमानले विभिन्न आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ नौवटा विमान छन् । यीमध्ये चीनबाट ल्याइएका वाइ १२ चारवटा, एमए १६ २ र ३ ट्विनअटर विमान छन् ।

प्रकाशित : २१ चैत्र २०७४, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह