होटल याक एण्ड यतिको नाममा सञ्चालित क्यासिनोको इजाजत पत्र र पाँच तारे वर्गीकरण रद्द गरिएको छ।
क्यासिनोले राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा होटलको पाँच तारे वर्गीकरण र क्यासिनोको इजाजतपत्र रद्द गरिएको हो । बुधबार बसेको मन्त्रीस्तरीय बैठकले होटलको क्यासिनो सञ्चालन इजाजत पत्र र होटलस्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिदिएको हो ।
मन्त्रालयले २०४८ पुस २२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो । सरकारले पटक पटक रोयल्टी, इजाजत नवीकरण दस्तुर र बक्यौता गरी ४२ करोड २५ लाख ६८ हजार २ सय ५३ रुपैयाँ ४२ पैसा बुझाउन होटललाई आग्रह गरे पनि बेवास्ता गरेका कारण क्यासिनो सञ्चालन इजाजतपत्र र होटलस्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको जनाएको छ ।
प्रतिक्रिया