Logo

बैंक / बिमा /शेयर

राष्ट्रिय बिमा कम्पनीकाे दोस्रो त्रैमासमा १९ करोड ४३ लाख १५ हजार रुपैयाँ खुद नाफा


GDP नेपाल
   २७ माघ २०७८, बिहिबार


राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले दोस्रो त्रैमासमा १९ करोड ४३ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ४१.४२ प्रतिशतले बढेको हो । गत वर्षको यसै अवधिमा कम्पनीले १३ करोड ७४ लाख एक हजार नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद बिमा शुल्क आम्दानीमा भने १२ करोड ८८ लाख ८९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बिमा कोषमा २ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको रिजर्भ कोषमा ३ अर्ब २४ करोड ५६ लाख ७० हजार रुपैयाँ जम्मा भएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक १४५ रुपैयाँ ७५ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १ हजार ३१७.२५ रुपैयाँ रहेको छ ।

प्रकाशित : २७ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह