Logo

मुख्य समाचार

सेयर बजारमा ८ अंकको गिरावट, साढे आठ अर्बको कारोबार


GDP नेपाल
   १३ मंसिर २०८१, बिहिबार


काठमाडौँ । बिहिबार सेयर बजार परिसूचक नेप्से ८.३० अंकले घटेर दुई हजार ७४८.०५ विन्दुमा पुगेको छ ।



बैंकिङ १३, फाइनान्स ३५, होटल तथा पर्यटन ५६, हाइड्रोपावर ५७, माइक्रोफाइनान्स ३२, अन्य २९, निर्जीवन बीमा ७१ र उत्पादन उपसमूह ५९ अंकले घटेको छ ।
त्यस्तै, आज विकास बैंक ६१, जीवन बीमा ६३ र ब्यापार उपसमुह ३५८ अंकले बढेको छ ।


आज मानुषी लघुवित्तको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बिशाल बजार र विन नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।




यस दिन ३०७ कम्पनीको एक करोड ६६ लाख कित्ता सेयर ८ अर्ब ५४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : १३ मंसिर २०८१, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह