साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । आज सबै समूह राताम्मे भएका छन् । नेप्से १०१.२४ अंकले घटेर २ हजार ७००.३२ विन्दूमा झरेको छ ।
आज बैंकिङ ४२.६६, ब्यापार ६८.२३, होटल तथा पर्यटन १०९.८९, विकास बैंक २०६.६६, जलविद्युत १८४.८८, निर्जीवन बीमा ५५२.५४, उत्पादन ३३५.७१, अन्य ७३.२५, माइक्रोफाइनान्स १८६.३६, जीवन बीमा उपसमूह ६०४.८८, फाइनान्स ११२.१४, लगानी ४.८र म्यूचअल फन्ड ०.१५ अंकले घटेका छन् ।
आज २२७ कम्पनीका एक करोड १६ लाख कित्ता शेयर ५ अर्ब ९७ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया