Logo

कर्पोरेट-बजार

उद्योगमन्त्रीको बदमासीः प्रशोधन नै नभएको तेल उठाएर ल्याई गुणस्तरहीनको मुद्दा !


appharu
   २६ भाद्र २०७५, मंगलबार


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव गत साउन अन्तिम साता अचानक वीरगन्जस्थित निम्बस समूहद्वारा सञ्चालित खानेतेल उत्पादन गर्ने कारखाना अनुगमनमा गए ।

नेपालकै राम्रोमध्येको एक उक्त यो उद्योग सञ्चालनमा आएको डेढ वर्षमात्रै भएकाले सरसफाइदेखि स्वच्छतामा कुनै कमी थिएन । त्यसमाथि नेपालको स्थापित औद्योगिक घराना निम्बस समूहले नै सञ्चालन गरिरहेकाले गुणस्तरमा कुनै कम्प्रोमाइज गर्ने प्रश्नै थिएन ।

फ्याक्ट्री भ्रमणमा जाँदा मन्त्रीले कुनै कैफियत भेटेनन् । त्यसपछि सँगै गएका एक कर्मचारीलाई नमूना संकलनका लागि आदेश दिए । अनुगमनमा गएका कर्मचारीले फ्याक्ट्रीमा प्रशोधनका लागि एउटा प्रक्रिया पूरा गरेर अर्को प्रक्रियामा पाइपबाट बग्दै गरेको तेल मिनरल वाटरको बोतलमा भरे ।

उत्पादित वस्तु प्याकेजिङ गरेर लेबल लगाइएपछि मात्र बजारमा जान्छ र त्यसबेला मात्रै गुणस्तरको प्रश्न उठाउन सकिन्छ । तर, मन्त्रीले प्रशोधनकै क्रममा रहेको तेललाई बीचबाटै उठाएर ल्याएर जवर्जस्ती कम्पनीलाई दोषी देखाउने प्रयाश गरेको पाइन्छ ।

नमुना परीक्षणका लागि संकलन गरिएको तेल सामान्य मिनरल वाटरको बोतलमा भरियो भने यसरी संकलन गर्ने कर्मचारीले नांगै हातले तेल बोतलमा भरेको दृश्य देखिन्थ्यो ।

उद्योगमा मन्त्रीको सामु मिनरल वाटरको बोतलमा तेल भर्दै कर्मचारी ।

काठमाडौं फर्केपछि प्रोबायोटिक इन्डष्ट्रिज प्रालिको उत्पादनमा तोकिएको मापदण्डभन्दा उच्च मात्रामा ‘फ्याट्टी एसिड’ भेटिएको प्रचार मन्त्रीले नै कर्मचारीलाई गराउन लगाए । तर, गुणस्तर संकलनकै क्रममा बदमासी गरिएको मन्त्रीकै सचिवालयले फेसबुकमा राखिएको तस्बिरमा प्रष्ट देखिन्थ्यो ।

मन्त्री यादवकै निर्देशनमा स्थानीय प्रशासनले भदौ पहिलो साता उद्योगमा ताल्चा लगाइयो ।

मन्त्रीले नै गलत नमूना लिएर परीक्षण गरेको भन्दै आलोचना भएपछि मन्त्री हच्के र फेरि केही पत्रकार मन्त्रालयमा बोलाएर अर्को आरोप लगाए– तोरीको तेल उत्पादन गर्ने उद्योगमा तोरीको दाना नै नभेटिएकाले शिलबन्दी गर्न आदेश दिएको हुँ ।

रमाइलो त के छ भने उद्योगले भने दुई महिनाअघि अन्तर्राष्ट्रिय गुणस्तर चिह्न आईएसओ पाएको थियो । नेपालमा पर्याप्त कच्चा पदार्थ अर्थात तोरी नपाउने भएकाले भारतलगायतका तेस्रो मुलुकबाट आयात गर्नु सबै उद्योगको बाध्यता हो । तर, अहिले मन्त्री यादव यसैलाई इस्यु बनाएर आफूलाई जवर्जस्ती प्रमाणित गर्न खोजिरहेका छन् ।

वीरगञ्जको जगरनाथपुरमा रहेको यो उद्योगमाथिको छापाको स्थानीय उद्योगी व्यवसायीले पनि तीब्र विरोध गरेका छन् । निम्बस समूहले पशुपक्षीको दाना व्यवसायमा पाएको सफलता र ठूलो बजार हिस्साका कारण नेपालको कृषि जगतमा यो कम्पनी निकै लोकप्रिय पनि छ ।

यता, उद्योग बन्द गराइएको विरुद्ध प्रोबायोटिक इन्डष्ट्रिजले उत्प्रेषणको आदेश माग गर्दै मन्त्रालय तथा जिल्ला प्रशासनविरुद्ध दायर गरेको रिटमा सोमबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विपक्षीका नाउँमा कारणदेखाऊ आदेश जारी गरेको छ । दुवै पक्षलाई छलफलको लागि भदौ २८ गते (बिहीबार) बोलाइएको छ ।

प्रकाशित : २६ भाद्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह