Logo

मुख्य समाचार

इमर्जिङ नेपालकाे आईपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?


GDP नेपाल
   ४ फाल्गुन २०७८, बुधबार


इमर्जिङ नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । बाँडफाँडमा ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् भने थप ८ जनाले ११ कित्ता सेयर पाएका छन् ।

आईपीओमा अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ रद्द भएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर बिक्री खुल्ला गरेको हो । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ ।

आईपीओको रिजल्ट बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइट (https://www.nicasiacapital.com/), मेरोसेयर एकाउन्ट, इमर्जिङ नेपालको वेबसाइट (https://emergingnep.com/) तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिन्छ ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह