Logo

कर्पोरेट-बजार

दुबई जाने जहाज क्वालालम्पुर भन्ने प्रोपोगान्डामात्रैः निगम


appharu
   २७ भाद्र २०७५, बुधबार


काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले केही दिनदेखि चर्चामा रहेको ‘दुबई जाने जहाज क्वालालम्पुर लगियो’ भन्ने समाचार नियोजित रुपमा निगमलाई बदना गर्ने प्रोपोगान्डमात्र भएको दाबी गरेको छ ।

निगमले बुधबार विज्ञप्ति जारी गर्दै नियमित उडान तालिकाअनुसार नै जहाज मलेसियाको क्वालालम्पुर लगिएको प्रष्ट पारेको छ । निगमको अर्को जहाज ( ए३२० ९एन ए.के.डब्लु)मा भदौ २१ गते चरा ठोकिएकोले ग्राउन्डेड भएका कारण दुबईको फ्लाइट रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ– एउटा विमान भूमिस्थ रहेको छ । एउटा विमान भूमिस्थ भएका कारणले कतिपय नियमित उडान तालिकामा असर परिरहेको थियो । यसै क्रममा २०७५ भाद्र २४ गतेको दुवई उडान रद्द गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भई उक्त उडान नभएको हो । क्वालालम्पुर जानको लागि दुवईको उडान रद्द भएको होइन ।

प्रत्येक सोमबार हुने नियमित उडानकै क्रममा भाद्र २५ गते क्वालालाम्पुर उडान गरिएको निगमले स्पष्ट पारेको छ । “उक्त उडान समय तालिका अनुसार नै भएको हो,” विज्ञप्तिमा भनिएको छ, “उक्त उडानमा मलेसीयाको लंकावी शहरमा भएको पाटा ट्राभल मार्ट २०१८ मा भाग लिन जाने नेपाली २६ जना प्रतिनिधिहरु रहेका थिए । उक्त प्रतिनिधि मण्डलको कारणले दुवई जाने उडान क्वालालाम्पुर तर्फ लगियो भन्ने कुरा साँचो होइन ।”

प्रकाशित : २७ भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह