Logo

बिजनेस होम

निर्माण व्यवसायी महासंघमा देउजाको दावी, अग्रजहरुलाई सल्लाहकार बन्न आग्रह


appharu
   २७ भाद्र २०७५, बुधबार


काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले निर्धारित समयमा गुणस्तरयुक्त निर्माणको जिम्मेवारी पूरा गर्न आफूले सहजीकरण गर्ने बताएका छन् ।

महासंघको आसन्न महाधिवेशनमा अध्यक्षका लागि प्रत्याशी रहेका देउजाले रिपोर्टर्स क्लमा आयोजित कार्यक्रममा साना ठूला सबै व्यवसायीको समस्या आफूले बुझेको भन्दै सरकार र व्यवसायीबीच पुलको काम गर्ने धारणा राखे ।

देउजा निर्माण व्यवसायमा लामो समयदेखि आवद्ध छन् भने महासंघमा पनि लामो समयदेखि आवद्ध छन् । “नेतृत्वमा नपुगेको स्थितिमा नीति भएरमात्रै हुँदैन रहेछ । त्यसैले मसंग भएको नीतिलाई नेतृत्वमा पुगेर कार्यान्वयन गर्ने सोच छ,” उनले भने ।

महासचिव देउजाले आफूभन्दा अग्रजहरुले गरेका कामप्रति आफू सन्तुष्ट नभएको पनि जिकिर गरे । उनले थपे, ‘म उहाँलाई सम्मानपूर्वक सल्लाहकारमा बस्न अनुरोध गर्छु र मलाई साथ दिन आग्रह गर्दछु ।’

सरकारले अघि सारेको ‘समृद्ध नेपाल–सुखि नेपाली’को नारालाई साकार पार्न निर्माण व्यावसायीहरुको ठूलो भूमिका रहेको पनि उनको भनाइ छ । उनले भने,‘यसलाई कसरी वैज्ञानिक र साना निर्माण व्यवसायीको हितमा गर्न सकिन्छ ? भनेर मैले लामो अध्ययन गरेको छु, त्यसैलाई व्यवहारमा उतार्नको लागि मेरो उम्मेदवारी हो ।’


कार्यक्रममा अध्यक्षका अध्यक्षका अर्का प्रत्यासी रवी सिंहले ठूला व्यवसायी र साना निर्माण व्यवसायीकोबीचमा भएको खाडललाई पुर्नको लागि आफू पुनः नेतृत्व लिन चाहेको बताए ।

यस्तै, संघका सल्लाहकार यक्षध्वज कार्कीले संघमा नेतृत्व गर्ने मानिसको अभाव भएको बताउँदै पुनः अध्यक्षको लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

अध्यक्षका अर्का उम्मेदवार हुमनाथ कोईरालाले आफूसँग ‘भिजन’, मिशन र एक्शन रहेको भन्दै आफूले अध्यक्षको लागि उम्मेदवार घोषणा गरेको बताए ।

प्रकाशित : २७ भाद्र २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह