सरकारले कोभिड-१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाका लागि विश्व बैकबाट प्राप्त हुने १८ मिलियन (करिव २ अर्व १४ करोड) थप ऋण सहायता स्विकार गर्ने निर्णय गरेको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो कुरा बताएका हुन् । यस्तै, बैठकले राष्ट्रिय बिमा संस्थान सञ्चालक समितिको अध्यक्ष गंगाराम कँडेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको कार्कीले बताए ।
बैठकले नवीकरणीय ऊर्जा अनुदान नीति, २०७८ स्वीकृत गर्ने, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ हेरफेर गर्ने पनि निर्णय गरेको छ ।
मन्त्रिपरिषदको निर्णय :
प्रतिक्रिया