पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।
मूल्यवृद्धि भएसँगै अब पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत राखिएको जनाएको छ।
यस्तै, पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरिए पनि १५ दिनमा करीब रू २ अर्ब १५ करोड घाटा हुने निगमले जनाएको छ । यस्तै मूल्य नबढाउँदा निगमलाई १५ दिनमा करिब २ अर्ब ४१ करोड घाटा हुने स्थिति रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया