कोभिड पश्चातको आर्थिक पुनरुत्थानका लागि अमेरिकी सहयोगको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) आवश्यक रहेको नेपाल उद्योग परिसंघले जनाएको छ ।
एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री शेरबहादूर देउवालगाएत राजनीतिक दलहरूलाई धन्यवाद ज्ञापन गर्दै संघले नेपालका लागि दिगो विकासका लक्ष्य हासिल गर्न र कोभिड पश्चातको आर्थिक पुनरुत्थानका लागि ठूलो लगानी चाहिने हुनाले एमसीसी आवश्यक रहेको बताएको हो ।
नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र सहायताको इतिहासमा अमेरिकासँगको सम्बन्ध ऐतिहासिक रहेको र अमेरिकाबाट प्राप्त सहयोगबाट आर्थिक/सामाजिक विकासमा गुणात्मक फड्को मारेको संघले जनाएको छ ।
यस्तै, संघले २०७४ भाद्र २९ गते नेपाल सरकार र एमसिसीबीच भएको सम्झौता संसदबाट अनुमोदन भएर कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्नेमा विश्वस्त रहेको जनाएको छ ।
प्रतिक्रिया