Logo

बिजनेस होम

महासंघविरुद्ध मोरङ व्यापार संघको गुटबन्दी कमजोर, उदयपुर उवासंघले हस्ताक्षर फिर्ता गर्यो


appharu
   ३० भाद्र २०७५, शनिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विरोधमा श्रृंखलाबद्ध अभियान चलाइरहेको मोरङ व्यापार संघले पूर्वका अन्य जिल्ला उद्योग वाणिज्य संघको हस्ताक्षर दुरुपयोग गरेको खुलासा भएको छ ।

संघले प्रदेश १ का उद्योग व्यवसायमा उत्पन्न समस्याका विषयमा भन्दै भेला बोलाएर उक्त भेलालाई महासंघविरुद्ध संघर्षका रुपमा प्रचार गराएको भन्दै उदयपुर उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ ।

संघका अध्यक्ष पुस्कर खड्काले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मोरङ व्यापार संघको यस्तो कार्य निन्दनीय भएको र आफू महासंघको स्पिरिटविरुद्ध जान नसक्ने बताएका छन् ।

प्रदेश १ का उद्योग वाणिज्य संघको भेलामा आफूले महासंघको प्रदेश समितिका पदाधिकारीको अनुपस्थितिका सम्बन्धमा प्रश्न गर्दा प्रधानमन्त्रीको निर्देशनअनुसार गठित कार्यदललाई सुझाव दिन भेला आयोजना भएको भनिएको तर छलफल गर्ने बेलामा भने मोरङ व्यापार संघलाई महासंघले लेखेको पत्रमा मात्र केन्द्रित भएको खड्काले विज्ञप्तिमा जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ– बैठकको निर्णय भनि विभिन्न ६ बुँदा तयार गरी कार्यदलमा रहेका तीन सदस्य मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र दमक उद्योग वाणिज्य संघका अध्यक्षज्यूले माइन्युटमा हस्ताक्षर गर्ने र उदयपुर उद्योग वाणिज्य संघका अध्यक्षले प्रमाणित गर्ने भनिएपछि मैले हस्ताक्षर गरेको हो ।

खड्काले थप स्पष्ट पार्दै भनेका छन्– वैठकको निर्णय भन्दै भोलिपल्ट प्रेसमा आएपछि यसमा महासंघविरुद्ध षडयन्त्र छ जस्तो लाग्यो । मेरो मनसाय उद्योगी व्यवसायीको हक हितका लागि मात्र हो । उद्योग वाणिज्य संघविरुद्ध हुने गतिविधिमा म सामेल छैन र मलाई स्वीकार्य पनि छैन ।

माइन्युटमा गरिएको उक्त हस्ताक्षर फिर्ता लिएको भन्दै उनले महासंघको नीति निर्देशन मान्न आफू तयार रहेको स्पष्ट पारेका छन् ।

प्रकाशित : ३० भाद्र २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह