फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने भएको छ । भारतीय आयल निगम (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएसँगै नेपाल आयल निगमले पनि मूल्य बढाउने तयारी गरेको हो ।
आज एक विज्ञप्ति जारी गर्दै निगमले आईओसीले नयाँ मूल्य अनुसार नेपाललाई पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको जानकारी दिएको छ ।
आईओसीले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ३ रूपैयाँ ८९ पैसा, डिजेल ३ रूपैयाँ ८ पैसा, मट्टितेल १० रुपैयाँ ३० पैसा र हवाई इन्धनमा ३ रूपैयाँ ३२ पैसाले बढेको छ । यस्तै एलपि ग्याँसको मूल् समेत प्रतिसिलिन्डर ९९ रुपैयाँ १७ पैसाले बढेर आएको निगमले जनाएको छ ।
नयाँ मूल्यसूची अनुसार निगमलाई १५ दिनमा ३ अर्ब ९ करोड रुपैयाँ नोक्सानी हुने विज्ञप्तिमा उल्लेख छ ।
यसअघि निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको थियो ।
प्रतिक्रिया