चालु आर्थिक वर्षको सात महिनामा जीवन बिमा कम्पनीले कुल ८१ अर्ब ३० करोड १६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा समितिले सार्वजनिक गरेको माघ महिनासम्मको विवरण अनुसार १९ जीवन बीमा कम्पनीहरुमध्ये सबैधन्दा धेरै नेपाल लाईफ इन्स्योरेन्सले आर्जन गरेको छ । विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, एलआइसी नेपालले ९ अर्ब ७५ करोड ४० लाख, नेशनल लाइफले ७ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ४२ करोड ७६ लाख, यूनियन लाइफले ४ अर्ब ४२ करोड ३० लाख,एशियन लाइफले ४ अर्ब ३ करोड ५५ लाख, मेट लाइफले ३ अर्ब ९ करोड, सिटिजन लाइफले २ अर्ब ९७ करोड ५३ लाख, प्राइम लाइफले २ अर्ब ९६ करोड ३८ लाख, सूर्या लाइफले २ अर्ब ८३ करोड ६५ लाख, सन नेपाल लाइफले २ अर्ब ३९ करोड ५२ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब २६ करोड २८ लाख, ज्योति लाइफले १ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ, आइएमई लाइफले १ अर्ब ९० करोड,गुराँस लाइफले १ अर्ब ८६ करोड ७७ लाख, रिलायन्स लाइफले १ अर्ब ६८ करोड ८७ लाख, प्रभु लाइफले १ अर्ब १७ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ८१ करोड ९३ लाख रुपैयाँ र सानिमा लाइफले १ अर्ब ३३ करोडले कुल बीमा शुलक आर्जन गर्न सफल भएका छन् ।
प्रतिक्रिया