Logo

बैंक / बिमा /शेयर

चुच्चे नक्सासहितको नयाँ सिक्का ल्याउँदै राष्ट्र बैंक, यस्ता छन् विशेषता


GDP नेपाल
   २४ फाल्गुन २०७८, मंगलबार


नेपाल राष्ट्र बैंकले चुच्चे नक्सासहितको नयाँ सिक्का ल्याउने भएको छ । बैंकले भोलि (बुधबार)बाट एक रुपैँयाको सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का ल्याउने भएको हो ।

नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । नेपालको नक्साको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका एउटा मोटो थोप्लो पनि राखिएको छ । यस्तै, सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ भने तल्लो भागमा १ रुपैयाँ लेखिएको छ ।

त्यस्तै, सिक्काको पछाडिको भागमा सगरमाथाको चित्र अंकित गरिएको छ र मुनिको भागमा अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । सगरमाथा चित्रको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्यको साना आकृति दिइएको छ ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह