मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
आज नेप्से १७.१५ अंकले घटेर २ अजार ६५०.९७ विन्दूमा पुगेको छ ।
बैंकिङ ११.७८, विकास बैंक १२.९१, अन्य ३५.५८, माइक्रोफाइनान्स ३९.४९, व्यापार २७.९२, जलविद्युत ४५.३६, फाइनान्स ११.४१, उत्पादन १०४.४१, र लगानी ०.७२ अंकले घटेका छन् । यस्तै, निर्जिवन बिमा ६७.३३, जीवन बिमा १०२.७४, होटल तथा पर्यटन ९७.७ र म्यूचुअफ फन्ड ०.०९ बढेका छन् ।
आज सबै भन्दा धेरै इम्रजिङ नेपालको सेयर झण्डै १० अंकले बढेको छ भने नेपाल दूरसञ्चारको सेयर ५ अंकले घटेको छ ।
आज २२९ कम्पनीका ६५ लाख कित्ता सेयर ३ अर्ब ३६ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया