Logo

अर्थनीति

सीपमूलक हस्तकला तालिम केन्द्र स्थापनामा सहयोग गर्न तयार छौंः परिसंघ


GDP Nepal
   ४ चैत्र २०७८, शुक्रबार


काठमाडौं । नेपाल उद्योग परिसंघले हस्तकलाजन्य सामग्री निर्माणका लागि युवाहरुलाई आकर्षित गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि सीपमूलक तालिम केन्द्रको आवश्यकता औंल्याएको छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले सीपमूलक तालिम केन्द्र स्थापनाको पहल गर्न नेपाल हस्तकला महासंघलाई आग्रह गरेका छन् । शुक्रबार महासंघको ४१ औं वार्षिक साधारणसभा उदघाटन समारोहमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परिसंघ अध्यक्ष अग्रवालले भने, “हस्तकला महासंघले सीपमूलक तालिम केन्द्र स्थापनाको अग्रसरता लिनुपर्छ, त्यसमा सीएनआईले पूर्ण सहयोग गर्नेछ ।”

अध्यक्ष अग्रवालले युवालाई तालिम दिएर स्वदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा आफूहरुको नैतिक समर्थनमात्र नभइ लगानी नै रहने स्पष्ट पारे ।

हस्तकला उद्योगमा युवा जनशक्तिलाई आकर्षित गर्नु आवश्यक भइसकेको उल्लेख गर्दै अध्यक्ष अग्रवालले नेपाली हस्तकलाको निकासीको अथाह सम्भावना रहेको बताए ।

हस्तकलाले स्वदेशी तथा विदेशी कच्चा पदार्थको मूल्य अभिवृद्धि गर्ने तथा निर्यातको पनि सम्भावना बोकेको क्षेत्र भएकाले युवा पुस्तालाई यसमा आकर्षित गरिनुपर्ने उनको भनाइ छ ।

“हस्तकला निकासीका माध्यमले विदेशी मुद्रा आर्जन गर्न सकिने र रोजगारी पनि सिर्जना गर्न सकिने भएकाले यसलाई राज्य र निजी क्षेत्र दुवैले प्राथमिकतामा राख्नुपर्छ,” अध्यक्ष अग्रवालले भने ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह