बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से २०.३४ अंकले घटेर २ हजार ६३०.३६ विन्दूमा पुगेको छ ।
आज बैंकिङ ९.६२, होटल तथा पर्यटन १९.८६, विकास बैंक ५३.७५, निर्जीवन बीमा ७८.९१, , माइक्रोफाइनान्स २०.७५, जीवन बीमा १२८.७, फाइनान्स ३४.५३, उत्पादन ७०.७६, लगानी ०.८१, जलविद्युत ३६.३९ र अन्य २९.४१ अंकले घटेको छ । त्यस्तै, आज ब्यापार १२.७७ र म्यूचअल फन्ड ०.०४ अंकले बढेका छन् ।
आज सबै भन्दा बढी राष्ट् उत्थान लघुवित्तको सेयर १० अंकले बढेको छ भने बुद्धभूमी हाइड्रोपावरको सेयरमूल्य ३ अंकले घटेको छ । आज २२६ कम्पनीका ३९ लाख कित्ता शेयर किनबेच हुँदा आज २ अर्ब ४ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया