नेपालले भारतबाट प्रति युनिट ३८ रुपैयाँमा बिजुली किन्ने भएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको मागलाई धान्न आज राती १२ बजेबाट प्रति युनिट भारु २० रुपैयाँमा बिजुली किन्नु परेको बताएका छन् । यसअघि नेपालले भारतसँग औसतमा ८ रुपैयाँ प्रतियुनिटका दरले बिजुली किन्दै आएको थियो ।
यस्तै, प्राधिकरणले लोडसेडिङ हुन नदिने व्यवस्था मिलाएको जनाउँदै उनले भने ‘लोडसेडिङ हुन लागेको हल्ला चलेको छ, तर हामी नेपालमा लोडसेडिङ हुन दिँदैनौँ । प्राधिकरणले घाटा खाएरै भएपनि विद्युत व्यवस्थापन मिलाउँछौँ ।’
त्यस्तै, सम्मेलनमा बोल्दै घिसिङले प्राधकिरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर घाटा व्यहोर्नुपर्ने अनुमान गरिएको बताए ।
प्रतिक्रिया