तानसेन । पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको छ ।
पाल्पाली ढाकालाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल सरकार, लुम्विनी प्रदेश सरकार, तानसेन नगरपालिका र ढाका उद्योग संघको संयुक्त आयोजना र सहकार्यमा शनिबार पाल्पालाई ढाका राजधानी घोषणा गरिएको हो ।
ढाका राजधानी घोषणाबाट पाल्पाली ढाकाको ब्राण्डिङ भई यसको उत्पादन, प्रवर्द्धन, रोजगारी अभिवृद्धि तथा उद्यमीको क्षमता विकास हुने र यसबाट राष्ट्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
शनिबार पाल्पा सदरमुकाम तानसेनमा नगर प्रमुख अशोक कुमार शाहीको अध्यक्षतामा भएको समारोहमा संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद शर्मा दुवाडीको सहअध्यक्षता एवं लुम्विनी प्रदेश सरकारका कानुन, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय रमा घर्तीको प्रमुख आतिथ्यतामा पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको हो ।
कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघ, व्यापार संघ पाल्पा, ढाका उद्योगीहरु लगायत विभिन्न सरोकारवाला निकाय र संघसंस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया