सोमबार सेयर बजार राताम्मे भएको छ । नेप्से ३०.४३ अंकले घटेर २ हजार ५४१.८३ विन्दूमा पुगेको छ ।
आज बैंकिङ ८.४५, होटल तथा पर्यटन १२.५३, विकास बैंक ७५.०९, निर्जीवन बीमा २५२.४९, माइक्रोफाइनान्स ४०.४८, जीवन बीमा ३४३.३२, फाइनान्स ४९.२५, उत्पादन ८४.८७, लगानी ०.९९, जलविद्युत २३.८१ र अन्य ४९.३१, ब्यापार ५९.७९ र म्यूचअल फन्ड ०.०८ अंकले घटेका छन् ।
आज सबै भन्दा बढी राष्ट्र उत्थान लघुवित्तको सेयर १० अंकले बढेको छ भने आइसिएफसी फाइनान्सको सेयरमूल्य झण्डै ५ अंकले घटेको छ । आज २३१ कम्पनीका ४९ लाख कित्ता सेयर २ अर्ब ५४ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया