मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४.२६ अंकले घटेर २ हजार ५२७.५८ विन्दूमा पुगेको छ ।
आज बैंकिङ ५.५४, विकास बैंक २६.३५, निर्जीवन बीमा ७६.६९, माइक्रोफाइनान्स ३४.५४, जीवन बीमा २१९.६३, फाइनान्स १४.९६, उत्पादन १५.०१, लगानी ०.०९, जलविद्युत १६.४८९,अन्य २०.०५, ब्यापार ०.५१ र म्यूचअल फन्ड ०.।०४ अंकले घटेका छन् । यस्तै आज होटल तथा पर्यटन २५.५२ अंकले बढेको छ ।
आज सबै भन्दा बढी इमर्जिङ नेपालको सेयर १० अंकले बढेको छ । आज २२५ कम्पनीका ३८ लाख कित्ता सेयर १ अर्ब ७५ करोडको कारोबार भएको छ ।
प्रतिक्रिया