बलेफी हाइड्रोपावरले साधारण सेयर (आईपीओ) खुला गरेको छ । कम्पनीले कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रति सेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता आईपीओ खुला गरेको हो ।
उक्त सेयरमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छरट्याइएको छ । यस्तै, बाँकी रहेको १६ लाख ६३ हजार ४५३ कित्ता सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यसमा चैत २१ गतेसम्म यसमा आवेदन दिन सकिनेछ ।
आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय, मेरो शेयरको वेब तथा एपबाट आवेदन दिन सकिन्छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया