Logo

मुख्य समाचार

महामारीकाे उपजले आन्तरिक पर्यटन बढ्दो : वरिष्ठ उपाध्यक्ष ढकाल


GDP नेपाल
   १७ चैत्र २०७८, बिहिबार


रेष्टुरेन्ट एण्ड बार एसोसिएसन नेपाल (रेबान) ले ‘१५ औं दरबारमार्ग सडक महोत्सव २०७९’ आयोजना गर्ने भएको छ । नेपाल उद्योग वाण्ज्यि महासंघ (एफएनसीसीआई) र एनसेलको सहकार्यमा रेबानले बैशाख ३ गते दरबारमार्ग महोत्सवको आयोजना गर्ने भएको हो । उक्त कार्यक्रममा विषेशत कोरोना महामारीले थलिएका साना तथा मझौला व्यवसायी , भिन्न क्षमता भएका व्यक्ति र युवा व्यवसायीलाई प्रार्थमिकता दिइने आयोजक समितिले जनाएको छ ।

बिहिबार एफएनसीसीआई भवनमा भएको कार्यक्रमलार्ई सम्बोधन गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले यस महोत्सवबाट कोरोनाको मारमा परेको नेपाली पर्यटन र अर्थतन्त्र पूरानै लयमा फर्कने बताउनुभएको छ । यस्तै, यस महोत्सवको मुख्य योजना भनेको नेपाली कला, संस्कृति र खानपानलाई झल्काउने रहेको अध्यक्ष गोल्छाले बताउनु भयो ।

महामारीका कारण वार्षिक वृद्धिदर समेत केही खस्किएको जनाउँदै उहाँले भन्नुभयो,” महामारी अघि हामी झण्डै ७ देखि ८ प्रतिशत वार्षिक वृद्धि दरमा पुगिसकेका थियौ, त्यसैले यसलाई फेरि पूरानै लयमा फर्काउन एकदमै जरुरी छ ।” यस्तै, नयाँ वर्ष नयाँ उत्साहका साथ नयाँ तरिकाले भन्ने मुख्य योजनाका साथ महोत्सव आयोजना गरिएको उहाँले जनाउनु भएको छ ।

कार्यक्रममा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोना महामारीका कारण बाह्यि पर्यटक घटे पनि, आन्तरिक पर्यटन प्रव्रद्धन भने ह्वात्तै बढेको बताउनु भएको छ । “विदेशी पर्यटक भर्खर भर्खर नेपाल आउन थालेको अहिलेको अवस्थामा आन्तरिक पर्यटनमा भने वृद्धि भएको छ । यो महामारीको उपज हो ” उहाँले भन्नुभयो । 

अहिलेको आन्तरिक पर्यटनको बढ्दो लहरले बाह्यि पर्यटकले मात्र अर्थतन्त्र चल्न सक्ने भन्ने साेचमा समेत परिवर्तन आएको वरिष्ठ उपाध्यक्ष ढकालले बताउनुभएको छ ।

यस्तै, महामारी पश्चात नेपाली पर्यटन र अर्थतन्त्रलाई पूरानै लयमा फर्काउन विदेशी पर्यटकका लागि सरकारले अन अराइभल भिसा तथा फ्री भिसाको व्यवस्था गर्नुपर्नेमा वरिष्ठ उपाध्यक्ष ढकालले जोड दिनु भएको छ । “अहिले विभिन्न देशले पर्यटक आगमनमा प्रतिबन्ध लगाएको बेला नेपालले भने फ्रि भिसा तथा अन अराइभल भिसा जारी गरेमा यसले पर्यटन व्यवसाय र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने छ ” उहाँले भन्नुभयो ।

त्यस्तै, महोत्सवमा रहेको कुल ६० स्टलमध्ये ३५ वटा विभिन्न नेपाली खानाका स्टलहरु रहेको कार्यक्रमका संयोजक तथा रेबानका अध्यक्ष अरनिको राजभण्डारीले जानकारी दिनुभएको छ। महोत्सवमा स्टलका साथसाथै सातै प्रदेशबाट सडक झाँकी तथा सांस्कृतिक कार्यक्रमलगाएत विभिन्न नेपाली गायक गायिका तथा सांगितिक ब्याण्डले समेत मनोरञ्जन दिने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

प्रकाशित : १७ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह