बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज सेयर बजार परिसूचक ९नेप्से० २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा पुगेको छ। बिहीबार व्यापार बाहेक सबै समूहको उपसूचक ओरालो लागेको छ ।
सबैभन्दा धेरै फाइनान्स समूहको उपसूचक २.७६ प्रतिशतले ओरालो लागेको छ भने व्यापार समूहको उपसूचक भने ०.७१ प्रतिशतले बढेको छ । आज दुई सय २८ कम्पनीका ३७ लाख ८७ हजार कित्ता शेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको नौ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको हो ।
प्रतिक्रिया