सरकारले सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ ।
बिहिबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा ११ देखि १३ प्रतिशत भाडा बढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंगै सार्वजनीक यातायात व्यवसायीले भाडा बढाउनुपर्ने माग राख्दै आएका थिए ।
बैठकले चैत २० गते आइतबारदेखिलागू हुने गरी सार्वजनीक यातायातको भाडादर सार्वजनिक गर्ने भएको हो । नयाँ भाडा अनुसार सार्वजनिक यातायाततर्फ १० प्रतिशत र ढुवानीतर्फ १५ प्रतिशत बढ्ने जनाइएको छ।
प्रतिक्रिया