Logo

बिजनेस होम

रहेनन् वसन्त मिश्र: डेँगु संक्रमणले लग्यो नेपाली पर्यटनका नक्षत्र


gdpnepal
   ४ कार्तिक २०८१, आइतबार


काठमाडौं । अग्रज पर्यटन व्यवसायी बसन्तराज मिश्रको आइतबार निधन भएको छ ।

७३ वर्षिय मिश्रलाई डेंगु संक्रमण भएपछि अघिल्लो साता नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।  मिश्रको उपचारकै क्रममा निधन भएको हो ।

मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन् ।

मिश्रको शव बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपोन्डोलस्थित उनकै निवासमा राखिने छ । 

त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।

मिश्र साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न थिए । नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय उनको नेतृत्वमा स्थापना भएका हुन् ।

 

प्रकाशित : ४ कार्तिक २०८१, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह