Logo

अर्थनीति

नेपालको अवस्था ‘रिसेसन र स्ट्यागफ्लेशन’ दुवैको सन्निकट छ: प्याकुर्‍याल


gdpnepal
   ६ कार्तिक २०८१, मंगलबार


प्रा.डा. विश्वम्भर प्याकुर्‍याल

अहिले नेपाल को अर्थतन्त्रमा अद्भुत रोग लागेको छ । बास्तवमा रिशेसन पनि अनि स्ट्यागफ्लेशनको जस्तो दुवै अवस्था विद्यमान रहेको देखिन्छ ।

मुद्राको क्रयशक्तिमा ह्रास आएको कारण घटेको उपभोक्ता खर्च, लगानीमा अधिकतम गिरावट र कसिएको मौद्रिक नीतिले गर्दा आर्थिक गतिविधिमा शिथिलता आएर दुइ त्रैमास अर्थात न्यूनतम छ महिना आर्थिक शिथीलता कायम भै जिडिपी नेगेटिभ भएमा उच्च बेरोजगारीका साथै सम्पत्ति को मूल्यमा गिरावट आएमा रिशेसनलाई इंगित गर्दछ ।

विशेषगरी तेल संकट ले आपूर्तिमा झट्का, बढ्दै गएको सरकारी खर्च र अप्रभावकारी मौद्रिक नीति ले अर्थतन्त्र लाई मर्माहत गरेको हुन्छ । यस्तो अवस्थामा मन्द अथवा नकारात्मक आर्थिक वृद्धि, उच्च मूल्य, र बढ्दो बेरोजगारी को सामना गरीन्छ । यसले गरेको संकेत के हो भने विबिध छेत्रमा निष्प्रभावी आर्थिक वृद्धि, उच्च मुद्रास्फिती र बेरोजगारी ले स्ट्यागफ्लेशन को संकेत गरेको हुन्छ ।

दुवै उस्ताउस्तै आर्थिक मन्दी बाट गुज्री रहेतापनि मूल चरित्र फरक भएको कारण रिशेसन र स्ट्यागफ्लेशन फरक हुन् । त्यस्तै दुवै तत्व ले आर्थिक मन्दी को पराकाष्टा देखाएपनि यिनी हरु हाबी भैसके भन्दा शतर्कता अपनाउनु पर्छ ।

प्याकुर्‍यालको फेसबुकबाट

प्रकाशित : ६ कार्तिक २०८१, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह