Logo

मुख्य समाचार

ग्रीन भेन्चर्सको आइपीओ बाँडफाँट


GDP नेपाल
   २० चैत्र २०७८, आइतबार


ग्रीन भेन्चर्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ ।

२१ लाख ५७ हजार ६३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि दिएको आवेदनमध्ये गोलाप्रथाबाट २ लाख ८७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । कुल आवेदकमध्ये ५ हजार १३३ जनाको आवेदन भने रद्द भएको थियो ।

ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३ प्रतिश अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गरेको थियो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडकाे  (https://iporesult.cdsc.com.np/) , निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेडकाे वेभसाइट ,ग्रीन भेन्चर्स लिमिटेडकाे वेभसाइट, मेराे सेयरबाट  रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह