Logo

Sub-banner

जोय फाउन्डेसनको अध्यक्षमा बाबुकाजी श्रेष्ठ


GDP नेपाल
   २० चैत्र २०७८, आइतबार


सामाजिक सेवाको क्षेत्रमा सक्रिय जोय फाउन्डेसन नेपालले २५ औं वार्षीकोत्सव मनाएको छ । वार्षीकोत्सवको अवसरमा फाउन्डेसनले डा. सन्दुक रुइतको मुख्य आतिथ्यमा शुक्रबार एक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै डा. रुइतले फाउन्डेसनले सामाजिक क्षेत्रतर्फ उल्लेख्य योगदान दिएको बताउनु भएको छ । यस्तै, वार्षीकोत्सवको अवसरमा फाउन्डेसनले सांकेतिक भाषाका अनुवादक समेत राख्ने निर्णय गरेको जनाउँदै डा. रुइतले यो कार्य निकै सह्रानिय भएको बताउनु भएको छ ।

फाउन्डेसनलाई बधाई दिँदै उहाँले अबका दिनहरुमा सामाजिक सेवाको क्षेत्रमा थप कार्यक्रम अघि बढाउन सल्लाह समेत दिनुभएको छ ।

त्यस्तै, शुक्रबार नै बसेको फाउन्डेसनको बैठकले नयाँ कार्यसमिति समेत चयन गरेको छ । बाबुकाजी श्रेष्ठको अध्यक्षतामा फाउन्डेसनले नौ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसमा निर्वतमान अध्यक्ष राजु श्रेष्ठ रहनु भएको छ भने नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा सश्रिन्द प्रधानाङ्ग, द्वितीय उपाध्यक्षमा भरतकुमार श्रेष्ठ, महासचिवमा अनन्त गुप्ता र कोषध्यक्षमा गौरव तिवारी चयन हुनुभएको छ । यस्तै, सदस्य कविता श्रेष्ठ चयन हुनुभएको छ भने कार्यसमिति सदस्यमा दीयाना श्रेष्ठ र ग्रेस रौनियार चयन हुनुभएको छ । 

(संस्थागत गतिविधि)

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह